सबै एकजुट भई सडक आन्दोलनमा उत्रने हो – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र १४ २०८२
1.3K
SHARES

१४ भदौ काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै एकजुट भई सडक आन्दोलनमा उत्रन नेता–कार्यकर्तालाई आह्वान गरेका छन् । शनिबार (भदौ १४) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो आह्वान गरेका हुन् ।अब आन्दोलन गर्नुको विकल्प नरहेको उनले उल्लेख गरे । बरु, अब एकपटक फेरि जेलनेल, यातना खान तयार हुनुपर्नेमा उनले जोड दिए ।

आफ्नो सान पहिलाको जस्तो नरहेको पनि उनले स्वीकार गरे । उनले विगतमा निर्वाचनमा भोट हाल्न जनमुक्ति सेनाका दुई गाडी अघिपछि राखेर गएको स्मरण गरे ।

कार्यक्रममा प्रचण्डको भनाइ पढ्नोस्–
हामी सबै एक ढिक्का भएर सडकमा जाने हो । हामी आन्दोलनमा जाने हो । बरु, अब एकपटक फेरि जेलनेल, यातना खान पनि तयार हुने अब । नत्र सजिलै माथिबाट नियम बनाइदिने नेताहरूले, सदनबाट बल गरेर दलित ऐन बनाइदिने, प्राधिकरण बनइदिने अनि मुक्ति पाइन्छ भन्न थालियो भने अधिकार पाइँदैन । हामीलाई शक्ति चाहिन्छ । हिजो जनयुद्ध गरेर शान्ति प्रक्रियामा आउँदा संगठन त त्यति ठूलो होइन नि, राप थियो, ताप थियो, वाईसीएल थियो, सेना थियो । क्यान्टोनमेन्ट भए पनि बन्दुक नै थियो । म चुनावमा भोट हाल्न जाँदा जनमुक्ति सेनाका दुईवटा गाडी अघिपछि राखेर भोट हाल्न जाने त्यो बेलाको प्रचण्ड भनेपछि मान्छेले कस्तो बुझ्थ्यो भन्नुस् त ! अहिले त… । छैन ।