सरकारको असक्षमताका कारण किसान आन्दोलनमा उत्रिए – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र १७ २०८२
1.3K
SHARES

१७ भदौ काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले दुग्ध किसानहरूको रकम समयमै भुक्तानी गर्न नसकेको आरोप लगाएका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै यस्तो आरोप लगाएका हुन् ।

“मेरो नेतृत्वको सरकारले उखु किसानहरूलाई दिने भनेको अनुदान रोक्ने र तोकेको अनुदान पनि घटाउने निर्णय गरेको सरकारले दुग्ध किसानहरूको रकम पनि समयमै भुक्तानी गर्न सकेको छैन,” उनले लेखेका छन्, “यसैका कारण किसानहरू आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना हुनु वर्तमान सरकारको असक्षमता र अकर्मण्यताको प्रमाण हो ।”

किसानको उत्पादनको मूल्य समयमै उपलब्ध गराउन सरकारसँग माग समेत गरे । किसानका जायज मागहरूमा माओवादी केन्द्रको तर्फबाट सधैँ ऐक्यबद्धता रहनेसमेत उनले उल्लेख गरेका छन् ।