आज सुनको भाउमा भारी वृद्धि


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र २० २०८२
1.1K
SHARES

२० भदौ काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ २५ सय रुपैयाँले बढेको हो । यससँगै आज सुनको भाउ तोलामा २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो।हिजो सुनको भाउ तोलामा २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २ हजार ४९० रुपैयाँ कायम भएको छ। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।हिजो चाँदीको भाउ प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।