गृहमन्त्री रमेश लेखकले दिए पदबाट राजीनामा


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २३ २०८२
1.8K
SHARES

२३ भदौ काठमाडौ । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्।

‘मन्त्रिपरिषद बैठक भर्खरै सकियो, गृहमन्त्रीजीले पनि राजीनामा दिनुभयो,’ एक मन्त्रीले भने।जेनजीले आज काठमाडौं र देशका मुख्य सहरहरूमा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेका थिए।