प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र २५ २०८२
1.2K
SHARES

२५ भदौ काठमाडौ । जेनजी आन्दोलनका क्रममा मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भएको तोडफोड तथा आगजनीपछि बुधबारका लागि तय गरिएको प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले आज एक सूचना प्रकाशित गर्दै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।

सूचनामा भनिएको छ, ‘मिति २०८२ साल भदौ २५ गते बुधबार दिउँसो १ :०० बजेका लागि निर्धारित प्रतिनिधिसभा बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकोले संसद् नियमावली, २०७९ को नियम ६ को उपनियम (३) अनुसार सभामुखज्यूले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि प्रकाशित गरिएको छ।’