संवाद र शान्तिपूर्ण निकासका पक्षमा लाग्न प्रचण्डको आह्वान


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र २६ २०८२
1.4K
SHARES

२६ भदौ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचलित नभई संविधानको रक्षा र लोकतन्त्रका पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेका छन् । बिहीबार वक्तव्य जारी गर्दै उनले नेपाली सेनालगायतले खेलेको भूमिकाको सरहना गरेका छन् । “जेनजी पुस्ताले उठाएका मागहरू संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट पूरा गर्न सम्मानित रास्ट्रपतिबाट भइरहेको पहल तथा शान्ति सुरक्षा कायम गर्दै त्यसमा सहजीकरण गर्न नेपाली सेनालगायत सुरक्षा निकायले खेलिरहेको भूमिकाको सराहना गर्दै आवश्यक सहयोग पुर्‍याउन सबैसँग अपील गर्दछु,” विज्ञप्तिमा भनिएको छ ।

उनले संवाद र शान्तिपूर्ण निकासका पक्षमा लाग्न आह्वान गरेका छन् । “प्रतिकूल अवस्थामा पनि भविष्यप्रति आशावादी हुन र विचलित नभई संविधानको रक्षा र लोकतन्त्रका पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दै सबै पक्षलाई संयमता, उच्च सुझबुझ, व्यापक संवाद र शान्तिपूर्णरूपमा निकासका पक्षमा लाग्न आह्वान गर्दछु,” उनले भनेका छन् ।