बैंकिङ सेवा सुरु गर्न राष्ट्र बैंकको निर्देशन


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र २६ २०८२
1K
SHARES

२६ भदौ काठमाडौं । नेपाल राष्ट्र बैंकले अत्यावश्यक बैंकिङ सेवा सुचारु गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालार्य ध्यानमा राखेर नेपाली सेनाले भदौ २५ गतेमा जारी विज्ञप्तिअनुसार आवातजावत हुने गरी सीमित कर्मचारीबाट आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकि तथा डिजिटल भुक्तानी प्रणालीसम्बन्धी सेवा सुचारु गर्न निर्देशन दिएको हो।

अन्य प्रणालीको हकमा जोखिमका आधारमा रिमोट एसिसमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी सूचना आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सर्वासाधारणलाई जानकारी गराउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ।