१ अर्ब बढी लगानी गर्दै राष्ट्र बैंक


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र २७ २०८२
1.5K
SHARES

२७ भदौ काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा सवा १ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ।केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ३० करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। यसका लागि भदौ ३० गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा १ अर्ब ४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १९ करोड ५० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ६ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।यो लगानी २०८२ असोज ५ गतेदेखि २०८३ असोज ५ गतेसम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।