सुनको मूल्य घट्यो


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज २ २०८२
4K
SHARES

२ असोज काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै मूल्य घटेको छ । सुन प्रतितोला ९०० रुपैयाँ घटेर दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला दुई लाख १६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्य ३० रुपैयाँ घटेर दुई हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी दुई हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।