काठमाडौं किंग्सको जर्सी र एन्थम सार्वजनिक


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक १४ २०८२
3.6K
SHARES

१४ कात्तिक काठमाडौं । नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) २०२५ का लागि लागि काठमाडौं किंग्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ । काठमाडौं किंग्सले बिहीबार जर्सी अनावरण र अफिसियल एन्थम सार्वजनिक गरेको हो । काठमाडौं किंग्सका अध्यक्ष अमित अग्रहरी र टिम म्यानेजर दीपक नेपालीले टिमको जर्सी सार्वजनिक गरेका थिए ।  जर्सी अनावरण गर्दै टिमका अध्यक्ष अमितले एनएसपीएलका लागि काठमाडौं किंग्सको तयारी राम्रो रहेको र खेलाडीहरूलाई मैदानमा राम्रो प्रदर्शन गर्ने बताए ।

एन्थम तयार गरेका गायक तथा संगीतकार प्रिजोल नेपालीले काठमाडौंको संस्कृति र नेवारी समुदायसँग जोड्ने प्रयासस्वरुप एन्थम निर्माण गरिएको जानकारी दिए ।ओम नेचर फुड्सको स्वामित्वमा रहेको काठमाडौं किंग्सको मार्की प्लेअरमा जीतेन्द्र कार्की छन् भने प्रशिक्षकमा राम नरेश गिरी छन् ।

डिजिआर स्पोर्टसको आयोजनामा पहिलो पटक हुन लागेको टेनिस बल नाइट क्रिकेट नोभेम्बर १ देखि १० सम्म मुलपानी क्रिकेट मैदान (तल्लो)मा हुनेछ । दश ओभर (टी–१०)को फम्र्याटमा खेलाइने यस प्रतियोगिता सात टोलीको सहभागिता रहनेछ ।