नहुने चुनावको पछि एमाले लाग्दैन – महासचिव पोखरेल
Capital Headline
प्रकाशित मिति :
शनिबार, कार्तिक २९ २०८२
2.7K
SHARES
२९ कार्तिक सुर्खेत । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी फागुनमा प्रतिनिधिसभाको निर्वाचन नहुने दाबी गरेका छन् ।
सुर्खेतमा शनिवार साँझ आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले चुनावका नाममा देशमा थप षड्यन्त्र भइरहेकाले यसको औचित्य नरहेको बताए ।
‘चुनावका नाममा मुलुकमा षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘देशलाई चुनावको नाम दिएर भइरहेको षड्यन्त्रमाथि प्रहार एमालेले गरिरहेको छ । हुँदै नहुने चुनावका पछाडि एमाले लाग्दैन ।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट