नेकपा र अशोक राई नेतृत्वको जसपाबीच एकता वार्ता


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक २९ २०८२
4.3K
SHARES

२९ कार्तिक काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जसपाबीच एकता वार्ता भएको छ। आज तत्कालीन नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा एकता वार्ता भएको हो।

जसपाले एकता वार्ताको लागि संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता टोली नै गठन गरेको थियो। जसपाबाट श्रेष्ठसहितका नेताहरू पेरिसडाँडा पुगेका थिए।

नेकपाबाट नेताहरू वर्षमान पुन, देव गुरुङ र प्रमेश हमाल सहभागी थिए। नेकपासँग वार्ता गर्न जसपा सकारात्मक देखिएको छ।