जेन-जी आन्दोलनको जिम्मा ओली र लेखकले लिनुपर्छ – नेता रावल


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक २९ २०८२
2.5K
SHARES

२९काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता डा.भीम रावलले जेन–जी आन्दोलनको क्रममा भएको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले सरकारको जिम्मेवार पदमा बसेको व्यक्ति घटनाबारेमा जिम्मेवार हुनुपर्ने बताएका हुन् । संसदीय प्रणालीमा कुनै घटना घटेको खण्डमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयको मन्त्रीले जिम्मेवारी लिनुपर्ने उनले भनाइ छ ।