एकताका लागि जसपा र नेपाली कम्युनिस्ट पार्टीबीच आज पनि बैठक


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर ३ २०८२
1.9K
SHARES

३ मंसिर काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले एकताका लागि नेपाली कम्युनिस्ट पार्टीसँग छलफल तीव्र बनाएको छ । एकताको विषय टुंगो लगाउन बुधबार (मंसिर ३) वार्ता समितिको बैठक बस्दै छ ।जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले  भने, “हामी आज दोस्रो वार्ताका लागि बस्दै छौँ । सम्भवतः आजको वार्ताले केही निष्कर्ष दिनेछ ।”

जसपाको वार्ता समिति संयोजक रहेका श्रेष्ठले वार्तामा सारिएका एजेन्डामा सकारात्मक संकेत आए जसपा नेपाली कम्युनिस्ट पार्टीसँग एकताका लागि तयार हुने बताए ।उनले भने, “नेतृत्व, सांगठनिक संरचनालगायत विषयमा क्लियर भयो भने हामी पनि त्यही अनुसार तयारी गर्नेछौँ ।”

नेपाली कम्युनिस्ट पार्टीले जनता समाजवादी पार्टीसँग एकताका लागि निरन्तर छलफल अघि बढाएको छ । दुवै तर्फको वार्ता समितिको बैठक पेरिसडाँडामा बेलुका ४ बजे बस्ने श्रेष्ठले बताए ।