पुराना दलले क्रान्तिकारी छवि बचाउन सकेनन् – जनार्दन शर्मा


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर ७ २०८२
2.1K
SHARES

७ मंसिर काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपालको इतिहासमा योगदान गरेका पार्टीहरूले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल भएको बताएका छन् ।

आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै उनले पुराना ठूला तीन दलले क्रान्तिकारी छवि बचाउन नसक्दा फलस्वरूप देश चरम भ्रष्टाचार, बेथिति र यथास्थितिमा फस्नुकासाथै गति र परिणामविहीन हुन पुगेको बताएका हुन् ।