हामी प्रफुल्ल भएका छौँ – सहसंयोजक नेपाल
९ मंसिर काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो दलमा नवप्रवेशीको लर्को लागेको बताएका छन् ।मंगलबार (मंसिर ९) काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा नवप्रवेशीलाई स्वागत गर्दै उनले मधेस प्रदेशलगायत विभिन्न जिल्लामा एकताबारे सकारात्मक सन्देश पुगेको बताए ।
उनले भने, “रौतहट, सर्लाही विभिन्न जिल्लामा पुग्दा कार्यक्रम आयोजनास्थल खचाखच हुँदा हामी प्रफुल्ल भएका छौँ ।”उनले अगाडि भने, “भ्रष्टाचार, बेरोजगार सबैको विरुद्धमा हामी लाग्नेछौँ । देश–विदेश सबैतिरका मजदुररको हितमा हामी उभिनेछौँ । सबैका विरुद्धमा हामीले सशक्त आवाज उठाउनेछौँ । नेपाली कम्युनिस्ट पार्टी सबैको आशा, भरोसाको केन्द्र बन्नेछ ।”