एमाले अध्यक्षमा ईश्वर पोखरेलले गरे उमेदवारी घोषणा


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर ९ २०८२
1.9K
SHARES

९ मंसिर काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । मंगलबार (मंसिर ९) विज्ञप्ति जारी गर्दै पार्टीको आसन्न ११औँ महाधिवेशनमा अध्यक्षको उमेदवार बन्ने घोषाण गरेका हुन् ।

“…पार्टी निर्माणसम्बन्धी माथि उल्लेखित विचारको आधारमा ११औँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उमेदवारको रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु । पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उमेदवारी घोषणा गरेको हुँ,” विज्ञप्तिमा उल्लेख छ ।