एक हजार दरका ४३ करोडथान नयाँ नोट छाप्न चिनियाँ कम्पनीलाई ठेक्का


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर १२ २०८२
1.1K
SHARES

१२ मंसिर काठमाडौं । केन्द्रीय बैंकले एक हजार दरका नयाँ नोट छाप्ने ठेक्का पनि चिनियाँ कम्पनीलाई दिएको छ । चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई उक्त नयाँ नोट छाप्ने ठेक्का दिइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कम्पनीले एक हजार दरका ४३ करोडथान नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्नेछ । राष्ट्र बैंकले नोट छाप्ने ठेक्का लगाउन गएको भदौ १० गते बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमार्फत प्राप्त भएका मध्ये सबैभन्दा थोरै मूल्य प्रस्ताव गरेकाले कर्पाेरेसनलाई बैंकले छनोट गरेको हो ।

मुद्रण तथा आपूर्ति खर्च दिनुपर्नेछ । राष्ट्र बैंकले कुल एक करोड ६९ लाख ८५ हजार अमेरिकी डलर (हालको विनिमय दरअनुसार दुई अर्ब ४२ करोड ६७ लाख ६१ हजार रुपैयाँ) भुक्तानी गर्ने सहमति भएको छ ।