चार वर्षपछि एनआरएनएको एकता


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर १४ २०८२
817
SHARES

१४ मंसिर काठमाडौं । विभाजन भएको चार वर्षपछि आइतबार (मंसिर १४ गते) गैरआवासी नेपाली संघ (एनआरएनए) को एकता घोषणा गरिएको छ। आइतबार बिहान प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा संघको एकता घोषणा गरिएको हो। विभाजित संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले एकताको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

१०औँ महाधिवेशनबाट सुरु भएको सदस्यतासम्बन्धी विवादले संघ विभाजन भएको थियो।  एकतापछि १०औँ र ११औँ महाधिवेशनमा निर्वाचित दुवैतिरका समितिलाई मान्यता दिने, १२औँ महाविधेशन गर्न अध्यक्ष केसी र श्रेष्ठ रहेको स्टेयरिङ कमिटी गठन गर्ने, अदालतमा दुवै पक्षले गरेका मुद्दामामिला फिर्ता गर्ने, सदस्यता वितरणका लागि समय थप गर्नेलगायतका सहमति भएको छ।