एकैदिन ५ अर्बले बढ्यो निक्षेप


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर १४ २०८२
1.3K
SHARES

१४ मंसिर काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन ५ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुमा बुधबारसम्म ७५ खर्ब १९ अर्ब रुपैयाँ रहेको निक्षेप बिहीबारसम्म ७५ खर्ब २४ अर्ब रुपैयाँ पुगेको हो।

त्यस्तै बुधबारसम्म कर्जा प्रवाह ५६ खर्ब ५१ अर्ब रुपैयाँ रहेकोमा बिहीबार ५६ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ। एकैदिन कर्जा प्रवाह ३ अर्ब रुपैयाँले बढेको छ। बैंकहरुको औसत सीडी रेसियो घट्दै ७४.२९ प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत छ। अघिल्लो दिन सीडी रेसियो ७४.३० प्रतिशत थियो।