नेतालाई पूर्णबहादुर खड्काले बोलाए छलफलमा


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर १५ २०८२
874
SHARES

१५ मंसिर काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापन पक्षमा रहेका र वैशाखमा महाधिवेशन हुनुपर्ने अडानमा रहेका नेतालाई छलफलमा बोलाएका छन् ।

वैशाखमा महाधिवेशन गर्नुपर्ने भन्दै अडान राखेका युवा नेताहरू सहममन्त्री महेन्द्र यादव तथा केन्द्रीय सदस्यहरू किरण पौडेल र गुरु बराललाई खड्काले पार्टी कार्यालयमै छलफलमा बोलाएका हुन् ।पुस २६ देखि २९ सम्म गर्ने गरी तयार पारेको महाधिवेशन कार्यतालिकामा सहमति जुटाउन युवा नेताहरूसँग छलफल गर्न लागेका हुन्।

“विशेष महाधिवेशनको प्रस्ताव कायम राख्ने हो भने पुसमा नियमित महाधिवेशनको कार्यतालिकाको कुनै औचित्य छैन। त्यसकारण हामीले कार्यवाहक सभापतिसँग सहमति गर्ने आधार बनेको छैन,” छलफलका लागि जाँदै गरेका एक केन्द्रीय सदस्यले बारखरीसँग भने, “अब हेरौं उहाँ हामीलाई निषेध गरेर जानुहुन्छ वा पूर्व घोषणा अनुसार सर्वसम्मतिको प्रयासमा अडिनुहुन्छ।”