कांग्रेसको १५ औँ महाधिवेशन पुस २६ देखि काठमाडौंमा हुने


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर १५ २०८२
817
SHARES

१५ मंसिर काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुसको २६ गतेदेखि काठमाडौंमा हुने भएको छ । २६–२८ गतेसम्म काठमाडौंमा गर्नेगरी निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनका अनुसार अब विशेष महाधिवेशनको आवश्यकता रहेन । “१५औँ महाधिवेशन हुने भएपछि विशेष महाधिवेशनको आवश्यकता परेन । मूल कुरा अधिवेशन समयमा हुनुपर्‍यो,” उनले भने ।