नगद सीमा १० लाखबाट ५ लाखमा झारीयो


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर १६ २०८२
1.3K
SHARES

१६ मंसिर काठमाडौं । सरकारले नगद कारोबारको सीमा आधा घटाएर १० लाखबाट ५ लाखमा झारेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक पटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री तथा अरु कारोबार गर्दा बैंकिङ माध्यमबाट गर्नुपर्ने गरी सीमा तोकेको हो ।

यसअघि यस्तो सीमा १० लाख रुपैयाँ थियो । बैंकिङ माध्यमबाट औपचारिक कारोवारलाई बढावा दिन यस्तो निर्णय गरिएको बतायएको छ ।