घट्यो सुन चाँदीको भाउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर १९ २०८२
893
SHARES

१९ मंसिर काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको हो । आज सुन तोलामा २ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ७० रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ३५ सय ५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३६ सय २५ रुपैयाँमा किनबेच भएको थियो।