आज बालुवाटारमा सर्वपक्षीय बैठक


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर १९ २०८२
1.1K
SHARES

१९ मंसिर काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आव्हानमा आज सर्वपक्षीय बैठक बस्दैछ । अपरान्ह ४ बजे बालुवाटारमा बस्ने गरी बैठक डाकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रमुख ५ राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुख सहभागी रहनेछन् । कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपालाई आजको छलफलका लागि निम्त्याइएको छ ।माघ ११ को राष्ट्रियसभा र फागुन २१ मा हुने प्रतिनिधिसभाको चुनावमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।