मलाई पक्राउ गर्न प्रधानमन्त्री लाग्नु भएको छ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शनिबार, मंसिर २० २०८२
2.1K
SHARES

२० मंसिर काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई जसरी पनि पक्राउ गर्न दबाब दिइरहेको दाबी गरेका छन्।

पार्टीको नवयुग ई–बुलेटिन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री आफ्नो जिम्मेवारीभन्दा बाहिर गएको आरोप लगाए।

उनले भने, ‘प्रधानमन्त्री सम्पत्ति शुद्धीकरण निवारणको विभागका प्रमुखलाई बोलाएर मुद्दा चलाउनुस्, प्रमाण जुटाउनुस्, गिरफ्तार गर्नुपर्‍यो भन्ने माग गर्नुस् भनेर दबाब दिनुभयो। तर उहाँले यस्तो झूटो काम म गर्न सक्दिनँ भनेपछि तिनलाई तुरुन्तै हटाएर अर्कोलाई ल्याइयो।’