चुनावपछिको सरकार एमालेको हुन्छ – ओली


Capital Headline
प्रकाशित मिति : शनिबार, मंसिर २० २०८२
1.5K
SHARES

२० मंसिर काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार फेर्ने वा समिकरण बनाउने खेलमा आफू नरहेको प्रष्ट पारेका छन् । फागुनमा चुनाव हुने अवस्था नरहे पनि अब हुने चुनावको तयारीमा एमाले रहेको भन्दै उक्त चुनावबाट वहुमतसहित फर्किने दावी ओलीको छ ।

पार्टीको मुखपत्र नवयुगको विमोचन गर्दै अध्यक्ष ओलीले पूराना पार्टीलाई आउन नदिने भनेर कतिपयले भने पनि एमालेलाई कसैले परास्त गर्न नसक्ने बताए । उनले महाभारतको अभिमन्यूलाई सबैले एक्लै पारेर घेरा हालेर आक्रमण गरेजस्तै एमालेमाथि हमला भइरहे पनि त्यस्ता शक्तिलाई धोबि पाट हानेर पछार्ने बताए ।