पोखराको सान्त्वना जित, चितवन ८ विकेटले पराजित


Capital Headline
प्रकाशित मिति : शनिबार, मंसिर २० २०८२
1.9K
SHARES

२० मंसिर काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पोखरा एभेन्जर्सले आफ्नो अन्तिम खेलमा सान्त्वना जित निकालेको छ । प्लेअफको दौडबाट बाहिरिसकेको पोखराले अन्तिम खेलमा चितवन राइनोजलाई ८ विकेटले पराजित गर्यो ।

चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्याे ।

पोखराको जितमा एडम वासिंटनले सर्वाधिक ६५ रन बनाए । उनले ४८ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । एडमले अर्जुन कुमालसँग पहिलो विकेटका लागि सय रनको साझेदारी गरेका थिए । अर्जुन ४३ रनमा अविजित रहे । कप्तान कुशल भुर्तेल ४ रनमा आउट हुँदा जेशन रोय ६ रनमा अविजित रहे । बलिङमा चितवनका सैफ जैइव र रिजन ढकालले एकएक विकेट लिए ।