सुनको भाउ घट्यो


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर २३ २०८२
2.4K
SHARES

२३ मंसिर काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन २ लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला सुन २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर ३ हजार ६०० रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला चाँदी ३ हजार ५८५ रुपैयाँमा किनबेच भएको थियो।