बढ्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर २४ २०८२
1.7K
SHARES

२४ मंसिर काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर २ लाख ५२ हजार १०० रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला सुन २ लाख ५१ हजार ९०० रुपैयाँमा किनबेच भएको छ।

आज चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँले बढेर ३ हजार ७५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।