एनपीएलमा टिकट मूल्य बढेको छैन – क्यान


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर २५ २०८२
2K
SHARES

२५ मंसिर काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)मा टिकटको विषयमा सामाजिक उठेको विषयबारे प्रस्ट पारेको छ ।क्यानले एनपीएल टिकटको मूल्य रातारात वृद्धि गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना गरिएको छ । यद्यपि, यो कुरा गलत भएको क्यानले शिलापत्रलाई जनाएको छ ।

क्यानका प्रवक्ता छुम्बी लामाले भने, ‘मूल्य बढेको होइन, बुझाइमा समस्या देखियो । प्लेअफ र फाइनलका लागि हामीले प्रिमियर जोनको मूल्य पहिला नै दुई हजार तोकेका थियौँ ।’

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिद्धार्थ, एनसेल र रेडबुल जोनको लागि प्रिमियममा टिकट उपलब्ध गराएको छ । यसअघि त्यहाँ जेनरल जोन थियो । तर अहिले त्यसलाई प्रिमियर जोन बनाइएको र त्यसैमा दुविधा देखिएको लामाले जानकारी दिए ।  जोन– १, २ र ३ को टिकट मूल्य भने एक हजार नै रहेको छ ।