बढ्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर २८ २०८२
2.1K
SHARES

२८ मंसिर काठमाडौं । नेपाली बजारमा आज सुनको भाउमा वृद्धि भएको छ भने चाँदी घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेर तोलामा २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको हो। गत शुक्रबार प्रतितोला सुन २ लाख ५६ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउमा भारी गिरावट आएको छ । आज चाँदी तोलामा ६२५ रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा ३ हजार २८० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ३ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो।