चुनाव सारे देश दुर्घटनामा जान्छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, पौस ५ २०८२
3K
SHARES

५ पुस काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनाव सार्ने, पछि धकेले आफूहरू चुप नबस्ने चेतावनी दिएका छन्।काठमाडौंमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै आफूहरूले देशैभरी जनताको महासागर उतारेको जिकिर गरे।

उनले भने, ‘हामीले देशभर जनताको विशाल उपस्थिति देखाइसकेको छौँ। यसलाई खेलाँची नठानियोस्। यो शक्तिलाई जिस्काएर संविधानसँग फेरि खेलबाड गरियो भने यो शक्ति सडकमा आउनेछ। यो त्यस्तो शक्ति हो जसले हिजो जनयुद्ध गरेर राजसंस्था ढाल्यो।’

उनले आफूहरूले निर्वाचनको तयारी गर्न सरकारलाई सहयोग गरिहरेको बताए। उनले चुनाव धकेले देश दुर्घटनामा पर्ने भन्दै नेकपा अब रमिते नबन्ने चेतावनी दिए।