चीनले अन्तरिक्षमा पठायो नयाँ सञ्चार प्रविधि उपग्रह


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस ६ २०८२
2.8K
SHARES

६ पुस काठमाडौं । चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ।उक्त उपग्रहलाई बेइजिङ समयअनुसार शनिबार राति ८:३० बजे लङ मार्च-५ वाहक रकेटमार्फत प्रक्षेपण गरिएको हो।प्रक्षेपणपछि उपग्रहले निर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

यो उपग्रह मुख्यतः बहु-ब्यान्ड तथा उच्च गति सञ्चार प्रविधिसम्बन्धी परीक्षण र प्रमाणीकरण कामका लागि प्रयोग गरिनेछ।यस प्रक्षेपणसँगै लङ मार्चवाहक रकेट शृंखलाले आफ्नो ६१८औँ मिसन पूरा गरेको छ।