राष्ट्रपतिको पहलमा ३ शीर्ष नेतासहित प्रधानमन्त्रीको भेट


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस ८ २०८२
2.1K
SHARES

८ पुस काठमाडौं । शीतल निवासमा ३ शीर्ष नेतासहित प्रधानमन्त्री र राष्ट्रपति रामचन्द्र पौडेल छलफलमा जुटेका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबीच भेट जारी छ ।छलफलमा प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीसहित शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् । कार्की प्रधानमन्त्री बनेपछि शीर्ष नेतासँगको यो पहिलो भेट हो।

जेन-जी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी कार्कीले शीर्ष नेताको मुख हेर्न नचाहेको सार्वजनिक अभिव्यक्ति नै दिएकी थिइन् । अहिले राष्ट्रपतिको पहलमा प्रत्यक्ष संवाद गरेकी हुन् ।