बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस ११ २०८२
2K
SHARES

११ पुस काठमाडौं । नेपाली सेनाका पूर्वरथी तथा माओवादी लडाकु समायोजन समितिमा काम गरिसकेका बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनको आजै शपथग्रहण तय भएको छ ।

प्रधान सेनापति बन्न नपाएका शर्मा त्यसयता भने देशको विभिन्न जिम्मेवारी पाउँदै आएका पूर्वजर्नेल हुन् । माओवादी लडाकु समायोजन समितिमा बसेर शान्ति प्रक्रिया टुंग्याउने पात्र मात्र होइनन्, कोभिड संकटको बेला सीसीएमसीमा समेत काम गरेका थिए ।