देश चुनावमा गइसक्यो – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, पौस १९ २०८२
2.8K
SHARES

१९ पुस काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश निर्वाचनतिर प्रवेश गरिसकेको बताएका छन्। सङ्खुवासभामा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा बोल्दै देशमा अब सर्वपक्षीय तथा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको बताए।

उनले भने, सबै राजनीतिक दल निर्वाचनमा लागिसकेका छन्, हिजो निर्वाचन भन्दापनि संसद् पुनर्स्थापना भन्ने दलहरू पनि थिए। ती दलहरू पनि, जेनजीका केही समूह पनि अरू माग राख्दै आइरहेका थिए। तर नीतिहरू पनि अहिले निर्वाचन नै विकल्प हो भन्ने ठाउँमा आइसकेका छन्। सबैले समानुपातिकको बन्द सूची बुझाइसकेकाले यही सरकारले नै फागुन २१ मै निर्वाचन गराउने उनले दाबी गरे।