प्रचण्ड आज भारत जादै
२० पुस काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाने भएका छन् ।नेपाली समाज भारतको आयोजनामा राजधानी नयाँ दिल्लीमा हुने एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुन उनी आज साँझ भारत जाने तालिका छ ।उनले त्यहाँ प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने तालिका छ ।
नेपाली समाज भारतका महासचिव आरबी खड्काका अनुसार, भारतमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई एकताबद्ध गर्दै उनीहरूमा सामाजिक–राजनीतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । प्रचण्ड सोमबार साँझ नेपाल फर्कनेछन् ।