राष्ट्रसंघ बडापत्र अमेरिकाले उल्लंघन गर्‍यो – महासचिव पोखरेल


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस २० २०८२
2K
SHARES

२० पुस  काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाले भेनेजुएलामा गरेको आक्रमण र राष्ट्रपति दम्पत्तिलाई नियन्त्रणमा लिएको घटना संयुक्त राष्ट्रसंघको बडापत्रको ठाडो उल्लंघन भएको बताएका छन् ।संयुक्त राष्ट्रसंघलगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्ने गरी कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लंघन भएको उनको भनाइ छ ।

आज सामाजिक सन्जाल फेसबुकमा महासचिव पोखरेलले लेखेका छन्, ‘यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन सक्दैन, हुनु पनि हुँदैन ।भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ छ । ‘यसप्रकारका विषयमा स्वयं अमेरिकी समाजभित्रै गम्भीर र जिम्मेवार बहस आवश्यक देखिन्छ,’ पोखरेलले भनेका छन् ।