आफू निकटका विशेष महाधिवेशन पक्षधर नेतासँग शेखरकाे छलफल


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस २१ २०८२
1.9K
SHARES

२१ पुस काठमाडौं । नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका आफू निकटसँग छलफल गरेका छन्। कार्यसम्पादन समिति बैठकले पार्टीको १५ औँ महाधिवेशन वैशाखमा गर्ने निर्णय गरेपनि महामन्त्रीहरूले विशेष महाधिवेशनको अडान नछाडेपछि आफूनिकटका नेताहरूसँग छलफल गरेका हुन्।

छलफलमा सहमहामत्रीद्वय जीवन परियार, बद्री पाण्डे, जीवन परियार, केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल, विशेष महाधिवेशन पक्षधर नेता देवराज चालिसेलगायत सहभागी थिए।

चालिसेको कुरा सुनेपछि कोइरालाले महाधिवेशन विवादमा मध्यमार्गी निकास खोज्नुपर्ने निष्कर्ष निकालेका थिए।त्यसो त कोइरालाले यसअघि शनिवार पनि आफूनिकट पदाधिकारी, केन्द्रीय सदस्यहरूसँग पनि छलफल गरेका थिए। कोइराला निकटको भेलाले पार्टीले गरेको निर्णय मानेर जानुको विकल्प नभएको निष्कर्ष निकालेको थियो।