म अझै कुनै पार्टीमा छैन – कुलमान घिसिङ


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस २४ २०८२
2K
SHARES

२४ पुस  काठमाडौं । ऊर्जा, सहरी तथा भौतिक मन्त्रीबाट राजीनामा दिएका कुलमान घिसिङले अहिलेसम्म आफू कुनै पनि पार्टीको सदस्य नभएको दोहोर्‍याएका छन् ।रास्वपाका उपसभापतिसमेत रहेका घिसिङले सहमति सम्बन्धित पार्टीले ‘इन्डोर्स’ नगरेको भन्दै असन्तुष्टि देखाए ।मन्त्री पदबाट राजीनामा दिएपछि गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।“मैले कुनै पनि पार्टीको सदस्यता लिएको छैन आधिकारिक रुपमा तर त्यसको अर्थ कुनै पनि पार्टीमा मेरो सद्भाव र साथ समर्थन रहँदैन भन्ने हुँदैन,” उनले भने, “मैले आजदेखि राजीनामा दिएको छु अब म खुला भएँ । भोलिदेखि म अध्यक्ष, उपाध्यक्ष र सदस्य पनि हुन सक्छु ।”

उनले रास्वपासँगको एकतामा आफूले सहमति नगरेको र आफूसँग सहमति नभएको बताए ।“दुईवटा पार्टीको बीचमा सहमति भएको हो । मसँग सहमति भएको छैन,” उनले भने, “त्यो सहमति कार्यान्वयन भएको छैन । उपसभापति भनेर कहीँ पनि इन्डोर्स भएको छैन । सम्बन्धित पार्टीले पनि गरेको छैन । त्यो भएको हुनाले म सरकारमा रहेको हो । पहिले भएको भए मैले पहिले नै राजीनामा दिन्थेँ । उपसभापति इन्डोर्स गरेपछि हुने होला नि ? तर भएको छैन । म पहिला पनि राजीनामा दिने चरणमै थिएँ ।”