स्वतन्त्र वाम समूह नेकपामा समाहित
२५ पुस काठमाडौं । गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएको छ ।शुक्रबार (पुस २५) काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठले खादामाला लगाएर समूहलाई पार्टीमा स्वागत गरे ।
गिरिराज केसी (एमालेका तर्फबाट प्रदेशसभा सदस्य उमेदवार रहिसकेका), ध्रुव आचार्य, कालुराम चौधरी, दुर्गादत्त शर्मा, दामोदर अधिकारी (पूर्वमेयर, घोराही नगरपालिका), आरडी यादव, पिताम्बर आचार्यलगायत नेता–कार्यकर्ता नेकपामा समाहित भएका प्रचण्डको सचिवालयले जनाएको छ ।