गगन थापा नेतृत्वको पार्टीको बैठक सानेपामा बस्छ – विश्वप्रकाश शर्मा


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस ३० २०८२
2.2K
SHARES

३० पुस काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले आजको एक सातामा गगन थापा नेतृत्वको पार्टीको बैठक सानेपामा बस्ने बताएका छन् । बुधबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले थापा नेतृत्वको बैठक सानेपामा बस्ने बताएका हुन् ।  “आजको एक सातामा गगन थापा नेतृत्वको नेपाली कांग्रेसको बैठक सानेपामा बस्ने छ,” उनले भने ।

शर्माले आफू र गगन थापासहितलाई पार्टीबाट निष्कासन गर्ने निर्णय सोही निर्णयको दोस्रो पन्नामा निर्णय गरी खारेज गर्ने बताए । “आजको निर्णयको दोस्रो पन्नामा निर्णय गरी खारेज गर्नेछ । तर, कसैलाई कारबाही गर्नेछैन,” उनले भने ।