नेकपा सबैभन्दा ठूलो दल बन्छ – माधव नेपाल


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ ३ २०८२
2.8K
SHARES

३ माघ काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले निर्वाचनको माहोल बन्दै गइरहेको बताएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा आफूहरू धमाधम टिकट बाँडिरहेको बताए।

उनले भने, ‘चुनावको माहाेन बन्दै छ। हामीले सर्वसम्मत टिकट दिएर पठाइरहेका छौँ। सबैभन्दा ठुलो पार्टी त बन्छ नै। बहुमत पुर्‍याउन सकिन्छ कि भनेर कोसिस गरिरहेका छौँ।’उनले कांग्रेस फुटेपनि सरकार र निर्वाचन आयोगले विचार गरेर सबैलाई समेटेर लैजानुपर्ने बताए।