देउवा समूहको रिट सर्वोच्चमा दर्ता


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ ४ २०८२
1.9K
SHARES

४ माघ काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीको आधिकारिकतालाई लिएर सर्वोच्च अदालतमा रिट दायर गरेको छ । विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्यसमिति चयन भएको र सोही कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेपछि देउवा समूहले आज सर्वोच्चमा रिट दायर गरेको हो ।
‘पेस भएको रिट निवेदन अध्ययनपछि दर्ता हुने प्रक्रियामा छ,’ सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले भने, ‘दर्ता प्रक्रिया सकिएपछि मात्रै पेसीको मिति टुंगो लाग्नेछ ।’

यो समूहले निर्वाचन आयोगको निर्णय खारेज गरी शेरबहादुर देउवा सभापति भएको समिति नै आधिकारिक भएको दाबीसहित रिट पेस गरेको हो ।तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वका गएका नेताहरूले रिट दायर गरेका हुन् । रिट लिएर खड्का, विमेन्द्र निधि, प्रकाशमान सिंह, मीनबहादुर विश्वकर्मासहितका नेताहरू पुगेका थिए ।यसअघि विशेष महाधिवेशनको पक्षमा नलुखेका शेखर कोइराला समूहका नेताहरू पनि रिट लिएर गएनन् । शेखरले आफू पक्षका नेताहरूको भेला बोलाएका छन् । भेला आजै दिउँसो १ बजे अनुपम फुडल्यान्डमा हुँदैछ ।