बस्नेतको उमदेवारी खारेज


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ ८ २०८२
1.8K
SHARES

८ माघ काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–१० बाट प्रतिस्पर्धामा उत्रिएकी एकजनाको उमेदवारी खारेज गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले मितेरी पार्टी नेपालका तर्फबाट उमेदवार बनेकी सुमित्रा बस्नेतको मनोनयनपत्र बदर गरेको हो ।

कर्जा सूचना केन्द्रको कालोसूचीमा उनको नाम देखिएपछि उमेदवारी खारेज गरिएको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । आउँदो फागुन २१ गते हुने निर्वाचनका निम्ति यही माघ ६ गते मनोनयनपत्र दर्ता गरिएको थियो ।