सिद्धार्थ बैंकको नाफा १५०% ले बढ्यो नाफा


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ १५ २०८२
1.9K
SHARES

१५ माघ काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको वित्तीय प्रदर्शनमा उल्लेखनीय प्रगति देखिएको छ। बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार, यस अवधिमा बैंकको खुद नाफा १५०.२० प्रतिशतले बढेर १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। यसअघि सोही अवधिमा बैंकले ५३ करोड २ लाख रुपैयाँको खुद नाफा आर्जन गरेको थियो।

त्यसैगरी, बैंकको खुद ब्याज आम्दानी पनि ५.१५ प्रतिशतले बढेर ४ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। दोस्रो त्रैमाससम्म बैंकको वितरण योग्य नाफा २ अर्ब ७४ करोड रुपैयाँ रहेको छ भने लाभांश क्षमता २०.१३ प्रतिशत कायम छ।बैंकले खराब कर्जा अनुपातमा पनि सुधार ल्याएको छ। अघिल्लो आवमा ४.५० प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.४५ प्रतिशतमा सीमित भएको छ। साथै, कोषको लागत पनि ५.०७ प्रतिशतबाट ३.९० प्रतिशतमा घटेको छ।

बैंकको रिटर्न अन इक्विटी ३.७९ प्रतिशतबाट बढेर ८.५५ प्रतिशत पुगेको छ। यस अवधिमा बैंकले कुल २ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ र २ खर्ब २५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।प्रतिसेयर आम्दानी ७.१९ प्रतिशतबाट १७.९८ प्रतिशत पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ २११.२३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति २,३६०.८४ रुपैयाँ, मूल्य-आम्दानी अनुपात २१.४५ गुणा र तरलता अनुपात ३०.४० प्रतिशत रहेको छ।