नयाँ बजेटका लागि छलफल सुरु


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ २५ २०८२
1.5K
SHARES

२५ माघ काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि छलफल थालेको छ ।स्रोतको बाँडफाँटका लागि सरोकारवाला निकाय, संवैधानिक आयोग र मन्त्रालयसँग छलफल थालिएको हो । यसैक्रममा आज विभिन्न संवैधानिक आयोगका साथै चालू खर्च धेरै हुने मन्त्रालय र निकायसँग छलफल गरिएको छ ।

प्रशासनिक खर्च, नियमित कार्यक्रम र अनिवार्य दायित्वका विषयमा आज छलफल भएको छ । सरकारी खर्च प्रणालीलाई मितव्ययी बनाउने र चालू खर्चलाई सीमाभित्र राख्दै उत्पादकत्व बढाउने रणनीति अपनाइएको अर्थका अधिकारीले बताएका छन् ।

कर्मचारीको पारिश्रमिक, भत्ता, कार्यालय सञ्चालन र सामाजिक सुरक्षाजस्ता ठूलो रकम खर्च हुने क्षेत्रको व्यवस्थापनका विषयमा बैठकमा छलफल भएको हो चालू खर्चको आकार बढ्दै जाँदा विकास निर्माणका लागि स्रोत जुटाउन कठिन भइरहेको छ । छलफलमा सहभागी आयोग र मन्त्रालयका प्रतिनिधिले आफ्ना आगामी योजना र त्यसका लागि आवश्यक पर्ने न्यूनतम बजेटको खाकाबारे छलफल गरेका छन् ।