देशको बागडोर सम्हाल्नु पर्नेछ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ २६ २०८२
2.3K
SHARES

२६ माघ काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको बागडोर नेकपाले सम्हाल्नुपर्ने देशको आवश्यकता बताएका छन् । नेपाली कम्युनिस्ट पार्टी ओखलढुंगाको  निर्वाचन विशेष मतदाता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपालाई लक्षित गर्दै सामाजिक सञ्जालमा होहल्ला गर्दैमा नयाँ नहुने बताए ।

उनले भदौ २३ गते विद्यार्थीको हत्या गर्ने र २४ गते विध्वंस मच्चाउनेहरूले आत्मसमी क्षासमेत नगरी हो-हल्ला गरेर हिँडेको टिप्पणी गरे ।उनले भने, ‘यी दुवैभन्दा हामी फरक छौँ, विचारले फरक । यो पार्टीले देशको बागडोर सम्हाल्नुपर्ने आजको ऐतिहासिक आवश्यकता हो । त्यही आवश्यकता महसुस गरेर नै देशभक्त र कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध गरेका हौँ ।’

उनले बाहिरबाट आफ्नो उमेरले डाँडो काटे पनि भित्रबाट त्यस्तो नभएको जिकिर गरे । उनले थपे, ‘उमेरले बाहिरबाट डाँडो काटेजस्तो देखिएको होला बाहिरबाट, तर भित्रबाट बिल्कुल कटेको छैन । मैले अन्तिम समयसम्म राष्ट्रको स्वाधीनता र जनताको हितमा समर्पित भएर नयाँ आन्दोलनको सृष्टि गर्ने सङ्कल्प गरेको छु ।’

कार्यक्रममा एमाले छाडेर नेकपाको उम्मेदवार बनेका अम्बिरबाबु गुरुङले एमालेमा दास र लासहरुमात्र बाँकी रहेकाले विद्रोह गरेको भन्दै जनताको मायाले चुनाव जित्ने दावी गरे । प्रचण्डले अम्बिरबाबुलाई चु्नाव जिताएमा पार्टीले उचित जिम्मेवारी दिने भन्दै मन्त्री बनाउने संकेत गरेका थिए ।