आज बढ्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
बुधबार, माघ २८ २०८२
1.6K
SHARES
२८ माघ काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढेको हो । यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ६ हजार ६ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै,आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ९० रुपैयाँले बढेको हो । यससँगै चाँदी आज तोलामा ५ हजार २ सय ९० रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट